×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

२ करोड टन अन्न युक्रेनलाई फिर्ता गर्न रुससँग अमेरिकाको माग

२ करोड टन अन्न युक्रेनलाई फिर्ता गर्न रुससँग अमेरिकाको माग

एजेन्सी/बैंकक- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसले युक्रेनी अन्न निर्यातमा प्रतिबन्ध लगाएकोले श्रीलंकाको अशान्तिमा बल पुगेको हुन सक्ने टिप्पणी गरेका छन् । यसले अन्य संकट निम्त्याउन सक्ने उनले चिन्ता व्यक्त गरेका छन् । ‘हामी यो रुसी आक्रामकताको प्रभाव जताततै देखिरहेका छौँ । यसले श्रीलंकाको अवस्थामा पनि  असर गरेको हुन सक्छ । हामी विश्वभरको प्रभावको बारेमा चिन्तित छौं’, ब्लिन्केनले बैंककमा सञ्चारकर्मीलाई भने ।

मस्कोले फेब्रुवरीमा लगेको २ करोड टन अन्न युक्रेनलाई फिर्ता गर्न पनि उनले रुससँग माग गरे । ‘युक्रेन विरुद्ध रूसी आक्रमणले संसरभर उल्लेखनीय रूपमा खाद्य असुरक्षा बढेको देखेका छौँ । ’ ब्लिन्केनले भने । युक्रेन युद्धको असर थाइल्याण्डमा पनि देखिएको उनले बताए । नाकाबन्दीका कारण मलको मूल्य आकाशिएको उनको भनाइ थियो ।

श्रीलंकामा खाद्यान्न र इन्धनको चर्को अभावका कारण हप्तौंदेखिको अशान्ति छ । शनिबार  सरकारी निवासमा प्रदर्शनकारीले तोडफोड गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे राजीनामा दिन राजी भएका छन् ।

 

प्रतिकृया दिनुहोस्