×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

कोरोना संकटका उदाहरण बने यी अभिनेता, सहयोगका लागि बने एम्बुलेन्स ड्राइभर

कोरोना संकटका उदाहरण बने यी अभिनेता, सहयोगका लागि बने एम्बुलेन्स ड्राइभर

एजेन्सी - कोरोना महामारीबीच बलिउड सेलिब्रेटीहरुले आफ्नो बलले भ्याएसम्म कोरोना संक्रमित बिरामीलाई सहयोग गरिरहेका छन् । तर यो मामलामा कन्नड अभिनेता अर्जुन गौडा फरक निस्किएका छन् । 

इन्डिया टाइम्समा प्रकाशित समाचारअनुसार उनी यो समयमा एम्बुलेन्स चालक बनेर संक्रमितको उपचारमा तल्लिन छन् । दक्षिण भारतीय फिल्मको ‘युवराथना’ र ‘रुस्तम’मा काम गरिसकेका अर्जुन अत्यावश्यक व्यक्तिलाई प्रोजेक्ट स्माइल ट्रस्टमार्फत सहयोग गरिरहेका छन् ।

अर्जुनले बिरामीलाई अस्पतालमा लैजाने र कोरोनाबाट निधन भएका मानिसलाई आर्यघाटमा लैजानेदेखि अन्तिम संस्कारसम्म सहयोग गर्ने गरेको बताए ।

अर्जुनका अनुसार जुन व्यक्तिहरुलाई अस्पताल लैजाने या अन्तिम संस्कारका लागि गाडीको आवश्यकता पर्दछ, उनी एम्बुलेन्स सेवाबाट सहयोग गर्छन् ।

‘म कैयौं दिनदेखि सडकमा छु र करिब ६ व्यक्तिको क्रियाकर्म गराइसकेको छु । जहाँको र जुनसुकै धर्मसँग जोडिएको मानिसलाई पनि यो बेला सहयोग गर्नुपर्छ । सहयोगका लागि म पुरा सहरको जुनसुकै स्थानमा जान तयार छु’, उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस्