बिश्वबन्धु भण्डारी - नेपाली कांग्रेसकाे १४ औँ महाधिबेशनकाे नतिजा आएपश्चात यस्ताे लाग्दैछ जिन्दगीको एक हिस्सा रहेछ बिद्रोह । सफलताको लागि बिद्रोहपनि चाहिन्छ, अरुले कसरी व्याख्या गर्छन मलाई थाहा भएन तर गगन एक बिद्रोही नेता हुन् । जीन्दगीमा बिद्रोह गर्नुपर्छ भन्ने शिक्षा मलाई मात्रै होईन हजारौ युवाहरुलाई गगनले सिकाएका छन् ।
राजनितीमा धेरैले बिद्रोह गरे तर सबैले सफलता पाएनन्, बिद्रोहले उदाएका, बिद्रोहका कारण सफल बनेका एक नेता हुन् गगन थापा । हुन त कुनै बेला मातृका प्रसाद कोईराला र डिल्लीरमण रेग्मीले पनि राणासगँ बिद्रोह गरे, डा. के आई सिहंले त आफ्नै पार्टी नेपाली कांग्रेससगँ बिद्रोह गरे तर मातुका र डिल्लीरमण हरुले प्रजातन्त्रलाईनै किस्तीमा बुझाउदैँ राजा त्रिभुवनको गुलामी गर्न गएकै कारण उ बेलाका सच्चा राजनितीज्ञहरुमा उनिहरूकाे नाम अट्दैन, त्यतिबेला बिपी मात्रै यस्ता बिद्रोही नेता बने जसलाई आज सम्म नेपालीहरुले सम्मान गरिरहेका छन् ।
बिपीले पनि राणा र राजा महेन्द्रसगँ बिद्रोह गरेका थिए, तर पदका लागि कहिल्यै आफ्नो नैतिकता बेचेनन् त्यसैले त युगयुग सम्मका लागि जननेता बने । कुनैबेला केशरजगं रायमाझीले पनि पुष्पलाल र मनमोहन सगँ बिद्रोह गरेका थिए तर राजा महेन्द्रको भरिया बन्न गएकै कारण केशरजगंलाई आज कुनै कम्युनिष्टले चिन्दैनन् । पुष्पलाल र मनमोहन कम्युनिष्टहरुको लागि सर्वमान्य नेता बनेका छन्, बिद्रोह त उनिहरुले पनि गरेका थिए राजा महेन्द्र र बिरेन्द्र सगँ ।
गणेशमानले राजा बिरेन्द्रसगँ बिद्रोह गरे सर्वमान्य लौहपुरुष बने, गिरीजाले राजा ज्ञानेन्द्रसगँ बिद्रोह गरे शिखरपुरुष बने, त्यसैले जिन्दगीमा बिद्रोह आबश्यक छ । म बिद्रोह गर्नुपर्छ भन्नेमा स्पष्ट छु तर बिद्रोहको नाममा प्रदिप पौडेल, प्रकाशमान सिहँ र बिमलेन्द्र निधी जस्ता बकम्फुसे बिद्रोही बन्न चाहान्न, पदका लागी आफैले थुकेको थुक चाट्न जाने प्रदिप पौडेलहरु जस्ताको बिद्रोहले केहि आशा दिदैन, बिद्रोह त गगन र बिश्वप्रकाशहरुको जस्तो हुनुपर्छ । २०५५ मा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा आफ्नै पार्टीसगँ बिद्रोह गरि बागी उम्मेदवार बनि जित हासील गरे देखीको बिद्रोही स्वाभाव आजसम्म उस्तै छ गगनमा ।
२०५९ असौज १८ गते तत्कालिन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेर बहादुर देउवालाई अपदस्थ गरि आफैले सरकार बनाएपछि दलहरु बिरोधमा बोल्न सकेका थिएनन् त्यतिबेला आन्दोलन चर्काउने काम गरेका थिए बिद्यार्थी नेताहरुले । गगन थापा त्यहि आन्दोलनको एक सशक्त नेता थिए । त्यतिबेला २००७ सालको आन्दोलन हाक्ने "बाजे पुस्ता" थिएन, "बुवा पुस्ता" ले पञ्चायत बिरुद्ध आन्दोलन गरे र बहुललिय व्यवस्थामै रमाएका थिए, २०१७-२७ तिर जन्मेका "काका पुस्ता" खासै चर्चामा थिएनन्, २०२७-३७ तिर जन्मेका र २०४६ साल पछि उदाएका "नाती पुस्ता" तत्कालिन राजा ज्ञानेन्द्रको शासनको बिरोधमा थियोे ।
बुवा पुस्ता र काका पुस्ताका नेताहरुलाई राजा ज्ञानेन्द्रले दर्शन भेट दिएर लोभ्याईरहेका बेला नाती पुस्ताले सडकमा राजा ज्ञानेन्द्रको शासनको बिरुद्धमा आन्दोलन चर्काईरहेको थियो । पार्टीले गणतन्त्रको मुद्दा नस्विकारी रहेको बेला रत्नपार्कमा आन्दोलन गरेर गणतन्त्रको नारा लगाएका गगन गिरीजाप्रसादको कारवाहीमा परे तरपनि बिद्रोह गर्न छोडेनन्, १३ औँ महाधिबेशनमा गगन थापाले बिद्राेह गर्ने दुस्साहस नगरेको भए अहिले युवा जति केन्द्रिय समिती नै ताकिराखेका हुन्थे । १३ औँ महाधिबेशनमा गगनकाे बिद्राेहले १४ औँ महाधिबेशनमा धेरै युवा अनुहारहरू नेतृत्वमा उदाएका छन् ।यस्तो थुप्रै उदाहरणहरु छन् यथेष्ट प्रमाणहरु छन्, कहिले राजासगँ त कहिले आफ्नै पार्टीका नेताहरुसगँ बिद्रोह गरेका ।
मैलै नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएको पनि करिब १०/ १२ बर्ष भएछ, मेरो परिवारनै कांग्रेसमा सक्रिय रहनुभएकाले मेरो रगतमा कांग्रेसको बिचार बगेको छ, सानैदेखि कांग्रेस बनियो, कलेजतिर छिरेपछि पनि नेबिसंघ बनेर हिडीेयो, जब मैले राजनिती बिस्तारै बुझ्दै गएँ नेताहरुको आनीबानी बुझ्दै गएँ मलाई राजनिती प्रति बितृष्णा जागेको थियो, म कांग्रेस थिएँ कांग्रेस भईरहन चाहान्थे कांग्रेसका बिचार अध्ययन गरिरहन्थे तर कहिल्यै कांग्रेसका नेताको गुणगान र चाप्लुसी गर्न मनैले मान्दैनथ्यो, सबै मेरो नजरमा घुस्याहा भष्ट्रचारी, नेताको चाप्लुसी गरेर पद पाएका त हुन् भन्ने लाग्यो । राजनितीमा इमान्दारिता नैतिकता जवाफदेहिता सकियाे भन्नेमा मेराे मात्र हाेइन नयाँ पुस्ताकाे बुझाई छ ।
राजनिती भन्दाबढि पत्रकारीता र साहित्यवाट मन प्रफुल्लित हुन थालेपछि राजनितीमा लगभग निस्क्रीय जस्तै थिएँ साथी भाई भेट हुदाँ छलफल हुदाँ बहस गर्थे आफ्ना बिचारहरु राख्थेँ, तर कसैले हाम्रो पार्टीको टाउके नेताहरुको नाम लिएर खै त के गरे देशका लागी भनेर प्रश्न गर्दै गर्दा म सगँ फर्काउने जवाफ हुदैनथ्यो, हुदै नभएका कुरा गरेर आफ्नो नेतालाई जबरजस्त देवत्वकरण गर्न मेरो मनले कहिल्यै मानेन, ओलीको आँची पनि हररर बास्ना आयो भन्ने एमालेका गुरिल्लाहरु जस्तै हाम्रा नेताहरुको कु प्रचार गर्न मेरो नैतिकताले कहिल्यै मानेन ।
आफ्नो पार्टीकै भएपनि गलत गरेको छ भने गलत गर्यो भनेर भन्न कहिल्यै डराईएन,धेरै सघं संगठनमा बिद्रोह गरियो, पदका लागि चाप्लुसी र कु प्रचार कहिल्यै गरिएन । आज साेच्दैछु त्यसाे नगरेर ठिकै गरिएकाे रहेछ । जिन्दगीभर देश र जनताका लागी आफ्नै पार्टीका नेताहरूसगँ पनि बिद्राेह गरेका गगन र बिश्वप्रकाशकाे सम्मानजनक जीतले हामीलाइ पनि उत्साहित बनाएकाे छ । गगन र बिश्वप्रकाशको चेलो हुन पाएकोमा झन् हर्षित भएको छ मन ।
बिद्रोहवाट पनि सफलता मिल्दो रहेछ भन्नेमा ढुक्क भएको छ मन । नेपाली कांग्रेसको १४ औँ महाधिबेशनवाट २ बिद्रोही नेताहरुले सम्मानित मत ल्याएर महामन्त्रीमा बिजयी हुनुभएपछि म पनि कांग्रेस हुँ भनेर खुलेर बोल्न हिम्मत बढेको छ । कसैले मेरो नेतामाथी कु प्रचार गर्यो भने हिम्मतका साथ खण्डन गर्न सकिने आँट बढेको छ । कांग्रेसमा उत्साह र रुपान्तरण हुनेमा ढुक्क भएका छन् म जस्तै लाखौँ युवाहरु । राजनितीमा निस्क्रिय रहेका म जस्ता लाखौका लागि आशा र उस्साह थपिएको छ । नेपाली कांग्रेस मात्रै होईन नेपालकै रुपान्तरण हुने, सम्मुनत नेपाल सम्मानित नेपालीको नारामा सबैको ध्यान केन्द्रित भएको छ । जय नेपाल ।