×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीप र गुल्शनले यूएईमा हुने त्रीदेशीय विश्वकप क्रिकेट लिग–२ गुमाउने

सन्दीप र गुल्शनले यूएईमा हुने त्रीदेशीय विश्वकप क्रिकेट लिग–२ गुमाउने

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने त्रिदेशीय शृंखलामा नेपाली राष्ट्रिय टोलीका दुई सदस्य तथा पूर्व कप्तान सन्दीप लामिछाने र गुल्सन झा टिममा उपलब्ध नहुने भएका छन् । 

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीपलाई अदालतले विदेश जानबाट रोक लगाएको र गुल्सन यू–१९ टिमको बन्द प्रशिक्षणमा रहेका कारण उनीहरुले यूएई भ्रमण गुमाउने भएका हुन् । “सन्दीपलाई अदालतले नेपाल बाहिर जान रोक लगाएको छ । गुल्सन यू–१९ का कप्तान हुन् र टिम बन्द प्रशिक्षणमा छ । यसैकारण यी दुई यूएई भ्रमणमा उपलब्ध हुने छैनन्,” क्यानका एक पदाधिकारीले भने ।

यूएईमा लिग–२ अन्तर्गतको शृंखलामा नेपालसँगै घरेलु टिम यूएई र पपुवा न्यु गिनी (पिएनजी) सँग खेल्ने तालिका छ । नेपालले फेब्रुअरी २७ मा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध शृंखलाको पहिलो खेल खेल्नेछ ।  हाल नेपाली टिमले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग लिग–२ अन्तर्गतकै शृंखला खेलिरहेको छ ।

प्रतिकृया दिनुहोस्