चितवन - लामाे रस्साकस्सीका साथ सुरू भएकाे नेकपा एमालेको जारी १० औँ महाधिवेशनमा भएको मतदान सकिएको भएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान अहिले सकिएको हो । कुल २१ सय ५३ प्रतिनिधि (मतदाता) छन् । सार्वजनिक भएको प्रारम्भिक जानकारीमा २ हजार ८० मत खसेको बताईएको छ ।
चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल मैदानमा छन् । उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् । सचिवमा पनि ओलीले घोषणा गरेका बाहेकका भीम आचार्य र टंक कार्की चुनावी प्रतिस्पर्धामा छन् ।
वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् ।सदस्यहरुका लागि पनि मतदान भएको छ । अब केही समयपछि मतगणना सुरु हुनेछ