×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘हल्कारा’ अभिनेता महेश त्रिपाठी र छायाकारले काठमाडौंमै लिए अमेरिकामा जितेको अवार्ड

‘हल्कारा’ अभिनेता महेश त्रिपाठी र छायाकारले काठमाडौंमै लिए अमेरिकामा जितेको अवार्ड

काठमाडौँ- फिल्म ‘हल्कारा’का अभिनेता महेश त्रिपाठी र छायाकार चिन्तन राजभण्डारीले अमेरिकी फिल्म फेस्टिभल वल्र्डफेस्ट ह्युस्टनमा जितेको ट्रफीलाई काठमाडौंमै ग्रहण गरेका छन् । शुक्रबार ओस्कार इन्टरनेसनल कलेजमा आयोजित समारोहमा उनीहरुलाई अवार्ड हस्तान्तरण गरिएको हो ।

फेस्टिभलको सन् २०२२ को संस्करणमा यी दुईले वल्र्डफेस्ट ह्युस्टनमा आ-आफ्नो विधामा अवार्ड जितेका थिए । यो फिल्म वैशाख २९ गतेदेखि नेपालमा प्रदर्शन हुँदैछ । कलेज प्रिन्सिपल रामराजा दाहाल, छायाकार राजेश श्रेष्ठ, अस्कर लगायतले त्रिपाठी र राजभण्डारीलाई ट्रफी हस्तान्तरण गरे ।

फेस्टिभलमा हल्कारा सर्वश्रेष्ठ फिल्म समेत बनेको थियो । सो अवार्ड भने निर्देशक विक्रम सापकोटाले अमेरिकामै ग्रहण गरेका थिए । फेस्टिभलले दुवै जनाको अवार्ड हुलाकमार्फत नेपालमा पठाएको थियो । अवार्ड ग्रहण गरेसँगै अभिनेता त्रिपाठीले स्तरीय काम गर्‍यौं भने विश्वस्तरमा नै प्रतिस्पर्धा गरी सफल समेत हुन सक्छौं भन्ने आत्मविश्वास पलाएको बताए ।

उनले भने, ‘म धेरै महत्वाकांक्षी छैन तर काममा कन्फिडेन्सको जरुरी छ । हामीले नेपालमा काम गरिरहेको कारण नेपालमा मात्र सफलता प्राप्त गर्ने मात्र नभई विश्वस्तरीय काम गर्न सक्छौं भन्ने प्रमाण हल्कारा हो । यो फिल्म कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो ।

यो फिल्मले नेपाल अमेरिका इन्टरनेसनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ न्यारेटिभ फिल्म’को पुरस्कार जितेको थियो । बेलायतको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा मनोनित समेत भएको थियो । फिल्ममा त्रिपाठी र विनिता थापामगरको शीर्ष भूमिका छ ।
अवार्ड हल्कारा

 

प्रतिकृया दिनुहोस्