×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

चलचित्र निर्माणमा फर्किए छविराज ओझा

चलचित्र निर्माणमा फर्किए छविराज ओझा

काठमाडौँ-  बाघ निर्माता भनेर चिनिने छविराज ओझा चार वर्षपछि चलचित्र निर्माणमा फर्किँदैछन् । उनले चलचित्र मङ्गलम् पश्चात कुनै नयाँ चलचित्र निर्माण गरेका छैनन्  । मङ्गलम् सफल त भयो तर उनको व्यक्तिगत जीवनमा आएको उतारचढावको कारण उनले कुनै नयाँ काम सुरु गरेनन् । अब भने उनले नयाँ चलचित्रको तयारी सुरु गरेका छन् ।

उनले नयाँ चलचित्रको एक गीत रेकर्ड समेत गराएका छन् । गीतमा प्रविशा अधिकारी र डेविड शंकरको स्वर रहेको छ भने दीपक शर्माको शब्द तथा संगीत छ । हाल चलचित्रको स्क्रिप्टमा काम भइरहेको उनी निकट स्रोतले जनाएको छ । नवराज शर्माले निर्देशन गर्ने चलचित्र युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिनेछ ।

 

प्रतिकृया दिनुहोस्