×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सुदूरपश्चिम

दार्चुलामा फरार थुनुवा पक्राउ गर्न गएका प्रहरी जवानको भीरबाट लडेर मृत्यु

दार्चुलामा फरार थुनुवा पक्राउ गर्न गएका प्रहरी जवानको भीरबाट लडेर मृत्यु

काठमाडौं - दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो ।

प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा लडेर सोमबार उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

कुँवरलाई पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका निम्ति उनलाई अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रहरी कार्यालयका एसएसपी दिल्लीराज विष्टले जानकारी दिए ।

भागेका कुँवरलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्