×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीनकुनेमा सवारी दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

तीनकुनेमा सवारी दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

काठमाडौं - तीनकुने क्षेत्रमा तीन वटा सवारी साधनको ठक्करमा एक जनाको मृत्यु भएको छ। मृतक नुवाकोटको मूल ठेगाना भएकी ललितपुर बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छन।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले दिएको जानकारी अनुसार, तामाङकोराष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा बिहीबार बिहान ७ बजे मृत्यु भएको हो।
बिहीबार बिहान ६:३५ मा काठमाडौं-३२ स्थित तीनकुने क्षेत्रमा बा ३ ख ७०६२ नम्बरको बस, बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा प्र ०२-३८४७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर भएको थियो। प्रहरीले दिएको जानकारी अनुसार, बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बसले पहिले भ्यानलाई ठक्कर दिएपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भएकी तामाङ गम्भीर घाइते भएकी थिइन्। यसैगरी मोटरसाइकल चालक रामेछापको मूल ठेगाना भएका नयाँबजार निवासी २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगर निवासी ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखाकी २४ वर्षीया मेनुका बुढाथोकी पनि घाइते भएका छन्।

उपचारको अवस्था
घाइते भएका चालक थापामगर र सार्की राष्ट्रिय ट्रमा सेन्टरमा उपचाराधीन छन् भने बुढाथोकी कान्तिपुर अस्पतालमा उपचार भइरहेकी छिन्। प्रहरीले दुर्घटनाको कारण तथा अन्य विवरण थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्