×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

तापशी स्टारर ‘हसीन दिलरुबा’ टिजर सार्वजनिक

तापशी स्टारर ‘हसीन दिलरुबा’ टिजर सार्वजनिक

एजेन्सी: तापसी पन्नू अभिनित आगामी चलचित्र ‘हसीन दिलरुबा’ को टिजर सार्वजनिक भएको छ । भिडिओमा तापसी अहिलेसम्म नदेखिएको अवतारमा देखिएकी छन् । भिडिओमा उनका सह-अभिनेता विक्रान्त म्यासे र हर्षवर्धन राणेको केही खलक समेत देख्न सकिन्छ । चलचित्रको कहानी हत्याको रहस्य वरिपरि घुमेको छ । विनिल मैथ्यूद्वारा निर्देशित चलचित्र हिमांशु शर्माको सहयोगमा आनन्द एल रायले निर्माण गरेका हुन् ।

तापशीले समेत सामाजिक सञ्जालमा चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेकी छन् । यसका साथ उनले लेखेकी छन्, ‘एक शमा, दुई परवाने । क्या जल मिट्टेङ्गे ए दिवाने।’ चलचित्र २ जुलाईमा नेटफ्लिक्समा रिलिज हुनेछ ।

https://youtu.be/o_htHbSvipo

 

https://youtu.be/o_htHbSvipo

प्रतिकृया दिनुहोस्