×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानमा समुन्द्रमाथी साहित्यीक यात्रा कार्यक्रम भव्य रूपमा सम्पन्न

जापानमा समुन्द्रमाथी साहित्यीक यात्रा कार्यक्रम भव्य रूपमा सम्पन्न

जापान । जापानमा पहिलोपटक समुन्द्रमाथी साहित्यीक यात्रा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) जापान च्याप्टरको आयोजनामा गत आईतवार (अप्रिल २७) मा योकोसुकामा रहेको सारुशिमा टापुमा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

जापान च्याप्टरका अध्यक्ष अरुण पौडेल को नेतृत्व र च्याप्टरका बरिष्ठ उपाध्यक्ष आनन्द अधिकारीकाे संयाेजकत्वमा  भएको उक्त कार्यक्रममा करिब ६० जना नेपालीहरुको सहभागीता रहेको थियो । समुन्द्रमाथीको सारुशिमा टापुमा बसेर रचना सुन्दै सेलरोटी अचार र चटपट खानुको मज्जा बेग्लै थियो । नयाँ नयाँ साथीहरुसगँँको भेटघाट तथा जमघटले सबैमा निकै उत्साहा भरिएको देखिन्थ्यो । सयोगनै मान्नुपर्छ आमाको मुख हेर्ने दिनका दिन भएको उक्त कार्यक्रममा नेपालवाट जापान भ्रमणमा आउनुभएको आदरणिय आमा वुवाहरुको पनि सहभागीताले झन् उत्साह थपिएको थियो ।

साहित्यकारहरुले वाचन गरेको रचनामा कतै देशको सम्झना थियो त कतै प्रेमका कुरा । रचना सुन्दै र सुनाईरहँदा घरिघरी हावा खुवै चल्थ्यो यस्तो लाग्यो त्यो हावाले गजलमा संगित भरेको छ । जापान च्याप्टरका महासचिव अनिल कुमार निर्दोषले सन्चालन गरेको कार्यक्रममा अनेसासका पुर्व केन्द्रिय अध्यक्ष प्रकाश पौडेल माईला, जापान च्याप्टरका पुर्व अध्यक्षहरु बिष्णु प्रसाद घिमिरे, दिप पाठक, गिरिजा गैर लगायत दिपा घिमिरे,बिश्वबन्धु भण्डारी,आनन्द अधिकारी,अबिरल पाण्डे, समर प्रेम, बिशाल विके, सुवास पाेखरेल, कृष्ण भण्डारी,लक्ष्मण भन्तना शिरिष लगायतले रचना वाचन गरेका थिए ।                       

प्रतिकृया दिनुहोस्