×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचन आयोगको पत्रसँगै रास्वपा नेता शर्मा र बास्तोलाबीचको विवाद मिल्यो, सोम केन्द्रीय सदस्यमै रहने

निर्वाचन आयोगको पत्रसँगै रास्वपा नेता शर्मा र बास्तोलाबीचको विवाद मिल्यो, सोम केन्द्रीय सदस्यमै रहने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं भर्खरै सम्पन्न राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य सोम शर्मा र नेत्री पूजा बास्तोलाबीचको विवाद अन्ततः समाधान भएको छ। विवाद निरूपण भएसँगै शर्मा रास्वपाको केन्द्रीय सदस्यकै जिम्मेवारीमा रहने निश्चित भएको हो।

यसैबीच निर्वाचन आयोगले हिजो मात्रै नेता शर्मालाई महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य भएको आधिकारिक पत्र समेत प्रदान गरिसकेको छ। आयोगको पत्र र आन्तरिक सहमतिसँगै शर्माको पदले कानुनी र राजनीतिक वैधता पाएको हो।

पार्टीभित्रको विवाद मिलेको संकेत गर्दै नेता शर्माले नेत्री पूजा बास्तोलासँग सँगै रहेको तस्बिर सामाजिक सञ्जालको स्टोरीमा सेयर गरेका छन्। तस्बिर सेयर गर्दै उनले लेखेका छन्, "सम्मान तथा साथ युवा नेत्री पूजा बास्तोला।"

प्रतिकृया दिनुहोस्