प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटर सर्ने भएका छन् । देउवा निजी निवास बूढानीलकण्ठबाट सरकारी निवास बालुवाटार सर्न लागेको उनको सचिवालयले जनाएको छ ।
देउवाका सचिवालयले जनाएअनुसार बिहान ९ः५७ बजेको शुभसाइतमा बालुवाटार सर्दैछन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै परमादेश जारी गरेपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।