×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कक्षा १२ को नतिजा आज नआउने

कक्षा १२ को नतिजा आज नआउने

काठमाडौं- कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक नहुने भएको छ। नतिजा सार्वजनिक गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले ३ बजेका लागि बोलाएको बैठक स्थगित भएपछि नतिजा सार्वजनिक नहुने भएको हो।

तीजको दिन नतिजा सार्वजनिक नगर्न सामाजिक सञ्जालबाट दबाब आएपछि बोर्डले बैठक सारेको छ। अनिश्चितकालको लागि बैठक सारिएको परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले जानकारी दिए।

‘आजको बैठक ‘पोस्टपोन्ड’ गरिएको छ। आज बोर्ड नबस्ने जानकारी फोनमार्फत दिइसकिएको छ। तर अब बैठक कहिले बस्छ भन्ने चाहिँ निश्चित भैसकेको छैन,’ अर्यालले भने।

प्रतिकृया दिनुहोस्