×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरविरुद्ध काटियो पूर्जी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरविरुद्ध काटियो पूर्जी

काठमाडौं - पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर सिंह देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुर्जी जारी गरेको छ।

सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका सिलसिलामा बयानका लागि बुझ्न सोमबार देउवा निवास बुढानीलकण्ठमा म्याद टाँसिएको हो भने मंगलबार गोरखापत्रमा सार्वजनिक सूचना समेत जारी गरिएको छ।

विभागले जयवीरलाई बाटोको म्यादबाहेक ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। यसअघि देउवा दम्पतीलाई अनुसन्धानका लागि नेपाल झिकाउन रेड कर्नर नोटिस जारी गर्ने प्रयास गरिए पनि इन्टरपोलले अस्वीकार गरेको थियो। यता, पासपोर्ट खरिद प्रकरणमा अख्तियारले आरजु राणाविरुद्ध म्याद टाँसेपछि उनले स्वास्थ्य उपचारका लागि विदेशमा रहेको भन्दै इमेल पठाएकी छिन्।

प्रतिकृया दिनुहोस्