×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लम्साल मृत्यु प्रकरण: नेपाली विद्यार्थीमाथि लगाइएको निलम्बन फिर्ता

लम्साल मृत्यु प्रकरण: नेपाली विद्यार्थीमाथि लगाइएको निलम्बन फिर्ता

काठमाडौं -  भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि लगाइएको अस्थायी निलम्बन फिर्ता लिएको घोषणा गरेको छ । केआईआईटीले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो । विज्ञप्तिमा भनिएको छ, “यस अवधिमा उनीहरूको शैक्षिक पक्षलाई बाधा पुर्‍याइने छैन र विश्वविद्यालयले उनीहरूको हेरचाह गर्नेछ ।

यसैअनुसार शैक्षिक कक्षा र छात्रावासको अस्थायी निलम्बन तुरुन्तै फिर्ता लिइएको छ । शान्ति कायम राख्न र उचित न्याय सुनिश्चित गर्ने उदेशयले यो कदम चालिएको थियो ।” अप्रिय घटनाहरू हुन नदिन र सहज र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न नेपाली विद्यार्थीलाई स्थानीय सोधपुछ पूरा नभएसम्मको लागि घर फर्किन सल्लाह दिइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्