मलेसियाका स्याज्रुल इद्रुसले टी-२० क्रिकेटमा एकै खेलमा ७ विकेट लिएर विश्व कीर्तिमान बनाए
साउन १०, २०८०काठमाडौं । मलेसियाका स्याज्रुल इद्रुसले टी-२० क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । उनले एकै खेलमा ७ विकेट लिएर नयाँ कीर्तिमान बनाएका हुन् । आईसीसी टी-२० विश्वकप एसिया रिजनल क्वालिफायर बी को खेलमा बुधबार चीन विरुद्ध इद्रुसले ७ विकेट लिँदै कीर्तिमान बनाए । बायुमास ओभलमा भएको खेलमा मलेसियालाई चीनलाई ८ विकेटले पराजित गर्दा इद्रुसले ८ रन मात्र खर्चेर एक्लै ७ विकेट लिए । खेलमा पहिले ब्याटिङ गरेको चीन इद्रुसको घातक बलिङ सामु टिक
सबै पढ्नुहोस