एसिया कप: भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित, अभिषेक शर्माको अर्धशतक
असोज ६, २०८२काठमाडौं - ओपनर अभिषेक शर्माको उत्कृष्ट अर्धशतकको सहयोगमा भारतले एसीसी टी-२० एसिया कपको सुपर फोरमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १७२ रनको लक्ष्य पछ्याएको भारतले १८.४ ओभरमा ४ विकेट गुमाएर सहजै जित हासिल गर्यो। भारतको जितमा अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिए। उनलाई शुभमन गि
सबै पढ्नुहोस