पूर्व सांसद अफताब आलमलाई सफाइ, जिल्लाको जन्मकैद फैसला उच्चद्वारा बदर
जेठ १४, २०८२वीरगञ्ज - बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले सफाइ पाएका छन्। उच्च अदालत वीरगञ्ज इजलासले जिल्ला अदालत रौतहटको जन्मकैद फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो। न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले बुधबार आलमलाई सफाइ दिने फैसला गरेको हो। आलममाथि २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो राति रौतहटको राजपुरस्थित इँटाभट्टामा त्रिल
सबै पढ्नुहोस