त्रिवि एमबीएस प्रश्नपत्र चुहावट प्रकरण: थप दुई जना पक्राउ
साउन १२, २०८३काठमाडौं - त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसूरमा रौतहटका २५ वर्षीय अतुल कुमार मिश्रलाई काठमाडौँको ताहाचलबाट र बाराका ३१ वर्षीय अब्दुल सानि हाकिमलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको हो।
सबै पढ्नुहोस