अमेरिका विश्वकप छनोटमा, युएईको जोगियो एकदिवसीय मान्यता
चैत २२, २०७९काठमाडौं-आइसिसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा चौथो जित निकाल्दै अमेरिकाले विश्वकप छनोटमा स्थान पक्का गरेको छ। अमेरिकाले मंगलबार भएको खेलमा जर्सीमाथि २५ रनको जित निकाल्दै विश्वकप छनोटम स्थान पक्का गरेको हो। यता अर्को खेलमा नामिबियाले क्यानडालाई १११ रनले पराजित गरेको छ। जितसँगै नामिबियाको विश्वकप छनोटमा पुग्ने सम्भावना बलियो भएको छ। क्यानडा पराजित भएसँगै युएईको एकदिवसीय मान्यता जोगिएको छ।
सबै पढ्नुहोस