सुनको मूल्य तोलामा चार सयले बढ्यो
कार्तिक २४, २०७८काठमाडौँ -साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ
सबै पढ्नुहोस