अमेरिकाले पठाएको एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो
कार्तिक ८, २०७८काठमाडौँ- अमेरिकामार्फत् अनुदानमा प्राप्त कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान एक लाख ६ सय २० मात्रा फाइजर खोप काठमाडौँ आइपुगेको हो। कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मार्फत् उक्त खोप नेपाललाई उपलब्ध गराइएको हो । उक्त खोप १२ वर्षमाथिका दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आगामी पुषमा ६० लाख मात्रा खोप नेपाल ल्याइँदैछ।
सबै पढ्नुहोस