कोराना अपडेट : थप २५२५ जनामा कोरोना‚ २०८६ संक्रमणमुक्त
भदौ ८, २०७८मंगलबार देशभर दुई हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ८१० जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा देशभर दुई हजार ८६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३५ एक जना संक्रमितको मृत्यु भएको छ ।
सबै पढ्नुहोस