चरा ठोक्किँदा जहाज ग्राउन्डेड
साउन १, २०८०काठमाडौं- चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउन्डेड भएका छन् । यसमध्ये ९एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार यो जहाजको दायाँ इन्जिनमा समस्या देखिएको थियो । निगमकै अर्को न्यारोबडी जहाज ९एन–एकेएक्सको भने बायाँ इन्जिनमा समस्या देखिएको छ । अहिले देखिएको समस्याका बावजुत यो जहाजले १० साइकल
सबै पढ्नुहोस