अष्ट्रेलिया जाँदै प्रधानसेनापति शर्मा
साउन ७, २०७९काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा शनिबार अष्ट्रेलिया भ्रमणमा जाने भएका छन्। साउन ९ देखि ११ गतेसम्म सिड्नीमा आयोजना हुने सुरक्षा सम्मेलनमा सहभागी हुन उनी अष्ट्रेलिया जान लागेका हुन्। प्रधानसेनापतिको भ्रमणलाई मन्त्रिपरिषद्को गत असार ३१ गते बसेको बैठकले स्वीकृति दिएको थियो। नेपाली सेनाले विसं २०५६ सालदेखि उक्त सम्मेलनमा नियमित सहभागी हुँदै आएको छ।
सबै पढ्नुहोस