नागार्जुन नगरपालिकाकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
जेठ ७, २०७९काठमाडौं- नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नि-वर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १ सय ८६ मत ल्याएर पुनः मेयरमा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका नन्दन हरि गौतमलाई १८०० मतान्तरले हराए। गौतमले ८ हजार ३६८ मत पाएका छन् ।
सबै पढ्नुहोस