आहा रारा गोल्डकपको फाइनलमा संकटा र अफ्रिकन रुट्स भिड्ने
चैत २७, २०७७काठमाडौं - १९ औं संस्करणको आहा–रारा गोल्डकप फुटबलको फाइनलमा संकटा क्लब र अफ्रिकन रुट्स एसोसिएसन भिड्ने भएका छन् । बिहिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा अफ्रिकन रुट्सले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गरेपछि फाइनलमा संकटा क्लबसँगको भेट पक्का गरेको हो। संकटा क्लब यस अघि नै नेपाल एपीएफ क्लबसँग २–० अन्तरको जित निकाल्दै फाइनलमा पुगेको थियो । दुवै टिम पहिलोपटक फाइनलमा पुगेका हुन् ।
सबै पढ्नुहोस