नेदरल्याण्ड्समाथि ५ विकेटको प्रभावशाली जित, आरिफको उत्कृष्ट पारी
जेठ २२, २०८२काठमाडौं - मध्यक्रमका ब्याटर आरिफ शेखको शानदार ७८ रनको पारीसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा लगातार दोस्रो जित हात पारेको छ। नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्यो। नेदरल्याण्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। आरिफले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७८ रन बनाए, जुन उनको करियरकै उत्कृष्ट स्कोर हो।
सबै पढ्नुहोस