शुभमन गिललाई १२ लाख भारु जरिवाना
चैत १४, २०८०एजेन्सी - इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएरातिको खेलमा ढिलो खेलेपछि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख भारु जरिवाना भएको छ । चेन्नई सुपर किंग्सविरुद्धको फिल्डिङ निर्धारित समयभन्दा एक ओभर ढिलो सकिएपछि स्लो ओभर रेटमा गिल कारबाहीमा परेका हुन् । गएरातिको खेलमा गुजरात चेन्नईसँग ६३ रनले पराजित भएको थियो । गुजरातले पहिलो खेलमा भने मुम्बई इन्डियन्सलाई छ रनले हराएको थियो । गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् ।
सबै पढ्नुहोस