×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

प्रमाण नपुगेको भन्दै आर्यनलाई सफाइ

प्रमाण नपुगेको भन्दै आर्यनलाई सफाइ

एजेन्सी- आर्यन खान संलग्न क्रुज ड्रग्स मामिलामा मुम्बई हाई कोर्टले शनिबार विस्तृत फैसलाको कपी जारी गरेको छ । फैसलामा उनीहरू विरुद्ध कुनै प्रमाण नभेटिएको उल्लेख छ । साथै कसैले फसाउन यो मुद्धा अघि बढाएको बताएको छ । यसअघि आर्यन र उनका दुई साथीहरू जमानतमा रिहा भएका थिए । २८ अक्टोबरमा आर्यन, अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अदालतले स्विकारेको थियो ।

एनडिपिएस अधिनियमको धारा ६७ अन्तर्गत एनसिबीद्धारा दर्ज गरिएको आर्यन खानको बयानको प्रयोग केवल मामिलाको जाँचका लागि मात्रै गर्न सकिने पनि आदेशमा उल्लेख छ । तर, अभियुक्तहरूलाई एनडिपिएस अधिनियम अन्तर्गत अपराधी ठहर गर्ने अनुमान लगाउन वा साबित गर्नका लागि यस बयानको प्रयोग गर्न नसकिने पनि उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्