गायक, निर्देशक तथा संचारकर्मी फुर्वा शेर्पा एउटा अर्को रेकर्ड बनाउन सफल भएका छन् । हालै शेर्पाले आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन् ।
उनले हालै राखेको रेकर्ड चाहिँ विश्वको सर्वोच्च स्थानमा आफुले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड राखेका हुन् १ शेर्पाले सन् २००४ मा “गीत एक अक्षरको” नामक एल्बममा देवनागरी लिपिको एक अक्षर “म” मात्रै प्रयोग गरि गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए भने हालै त्यही गीतलाई यूकेको वर्ल्ड बुक अफ रेकर्डले समेत रेकर्डको रुपमा स्वीकार गर्यो ।