अन्जु बुढाथोकी बनिन् दसैं क्विन-२०७८ को विजेता
असोज २६, २०७८काठमाडौँ- काठमाडौँमा आयोजित दसैं क्विन-२०७८ को विजेता व्यवसायी तथा समाजसेवी अन्जु बुढाथोकी बनेकी छन् । त्यसैगरी फर्स्ट रनरअप ब्युटिसियन गीता मगर र सेकेन्ड रनरअपमा ब्युटिसियन सिर्जना कुँवर भएका छन् । लायन्स क्लब अफ काठमाडौँ अभियान तथा रोज सीप विकास तालिम केन्द्र रविभवनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा विजेताहरूलाई क्राउन, ट्रफी, मायाको चिनोलगायतका उपहारहरू पाएका थिए ।
सबै पढ्नुहोस