धनुष प्रहार गरी पाँच जनाको हत्या
असोज २८, २०७८काठमडौं - नर्वेमा एक व्यक्तिले धनुष प्रहार गरी पाँच जनाको हत्या गरेका छन् । दुई जना गम्भिर घाइते भएका छन् । नर्वेको राजधानी ओस्लोको दक्षिण–पश्चिस्थित कोसबर्ग सरहमा उक्त घटना भएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३७ वर्षीय एक डेनिस नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले सो घटना आतंकवादी आक्रमण भए÷नभएको बारे अनुसन्धान गरिरहेको छ ।
सबै पढ्नुहोस