मोहना नदीमा भेटिए साढे तीन हजारभन्दा बढी पानी गौँथली
भदौ ३१, २०७८धनगढी-विश्वव्यापी रूपमा रातो सूचीमा रहेको पानी गौँथली चरा कैलालीमा साढे तीन हजारभन्दा बढी सङ्ख्यामा फेला परेका छन् । कैलारी गाउँपालिका–४ भितरियास्थित मोहना नदीको बगरमा सो चरा फेला परेका हुन । एकै ठाउँमा तीन हजार ५६४ पानी गौँथली अभिलेख गरिएको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । ‘एकै ठाउँमा धेरै सङ्ख्यामा पानी गौँथली भेटिएको यो नेपालमै पहिलो रेकर्ड हो’, उहाँले भन्नुभयो ।
सबै पढ्नुहोस