मौसममा सुधार : आज कहाँ घाम लाग्छ, कहाँ पानी पर्छ ?
जेठ १८, २०७८गत साता सामुन्द्रिक आँधीका कारण खराब बनेको मौसममा सुधार आएको छ। सोमबारबाट मौसममा सुधार हुन थालेकामा मंगलबार मुलुकका धेरैजसो स्थानको आकाश उघ्रिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने केही स्थानमा हल्का पानी परेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागेको छ।
सबै पढ्नुहोस