मोरङमा निषेधाज्ञाको अवधि जेठ २४ सम्म थप
जेठ १६, २०७८मोरङ- मोरङ प्रशासनले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म बढाएको छ । चौथौं पटक थपिएको निषेधाज्ञाको समय भोली सोमबार राति १२ बजेसम्म थियो । जिल्ला प्रशासन कार्यालय मोरङले ७ दिन निषेधाज्ञा थपेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाइएको छ
सबै पढ्नुहोस