त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले माघ १५ देखि अनलाइनबाटै ट्रान्सक्रिप्टको काम गर्न सक्ने
माघ ४, २०८०काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्तरगतका विद्यार्थीहरूले अब यही माघ १५ गतेबाट ट्रान्सक्रिप्ट लगायतका अन्य सेवाको काम अनलाइनमार्फत गर्न सक्ने भएका छन् । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको माघ २ गते बसेको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय कार्यालयहरूबाट दिइने सेवा अनलाइमा आधारित बनाउने निर्णय गरेको हो ।
सबै पढ्नुहोस