संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा पेश
भदौ ७, २०७९काठमाडौं- बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ। गत असार ३१ गते दर्ता भएको यो विधेयक मंगलबार संसदमा दर्ता भएको हो। विधेयकविरुद्ध परेको विरोधको सूचना अस्वीकृत भएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द बन्दीले विधेयक पेश गरेका हुन्।
सबै पढ्नुहोस