उपसभामुख पुष्पा भुसालद्वारा पदभार ग्रहण
साउन १, २०७९काठमाडौँ- नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै भुसालले आफूले काम रकारबाही इमानदारितापूर्वक गर्ने र कार्यकालभर फलदायी काम गर्ने बताएकी छन् । भुसालले आज आइतबार राष्ट्रपति निवासमा पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । उनी गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।
सबै पढ्नुहोस