लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन सुरु
माघ २५, २०७९दाङ – लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान सुरु भएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा केहीबेर अगाडि मतदान सुरु भएको हो। मतदानका लागि २ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। एक जना सदस्य चयन गर्न उपनिर्वाचन हुन थालेको हो। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा उपनिर्वाचन हुन लागेको छ।
सबै पढ्नुहोस