बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
भदौ ९, २०७९काठमाडौँ- आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दलका नेताहरू सिट बाँडफाँडबारे अहिले छलफल गरिरहेका छन् । सिट बाँडफाँडका लागि बनेको कार्यदलका सदस्यहरूसहित गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिदेखि बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
सबै पढ्नुहोस