बुटवल पुगे प्रधानमन्त्री देउवा
भदौ ११, २०७९काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा बुटवल पुगेका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्न देउवा बुटवल पुगेका हुन् । देउवासँगै गृहमन्त्री बालकृष्ण खाण, शहरी विकास मन्त्री मेटमणि चौधरी, एमाले उपाध्यक्ष विष्णु पौडेललगायतका नेता पनि बुटवल पुगेका छन्।
सबै पढ्नुहोस