नेपाल बारको निर्वाचन आगामी चैत १९ गते,आज मतदाता नामावली प्रकाशन गर्ने
फाल्गुण १०, २०७८काठमाडौं - नेपाल बार एसोसिएसनको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ। त्यसका लागि बारको निर्वाचन आयोगले मंगलबार (आज) मतदाता नामावली प्रकाशित गर्ने भएको छ । तालिका अनुसार, २३ फागुन २०७८ मा उमेद्वारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि करिब तीन साताभन्दा बढी प्रचारप्रसारका लागि समयावधि मिलाइएको छ । १९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ ।
सबै पढ्नुहोस