नेपालले कुवेतलाई दियो चुनौतीपूर्ण लक्ष्य,रोहित शतकबाट चुके
बैशाख १६, २०८०काठमाडौं- घरेलु टिम नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतलाई २८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । वर्षाले दुईपटक रोकिएको खेललाई ४२ ओभरमा घटाइएपछि नेपालले पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा २८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो । चुनौतीपूर्ण लक्ष्य दिने क्रममा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक रन बनाए । उनले ९५ बलमा ९४ रन बनाए ।
सबै पढ्नुहोस