वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा बिहानैबाट वर्षा
जेठ १५, २०७९काठमाडौं- तीनवटा प्रदेशमा आज बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
सबै पढ्नुहोस