हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु
माघ ४, २०७९काठमाडौँ- युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ ।
सबै पढ्नुहोस