सुदूरपश्चिममा बजेट पारित गर्न सकस, अझै सुरू भएन बजेटमाथिको छलफल
असार २७, २०७९धनगढी- सुदूरपश्चिम प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट पारित गर्न सकस भएको छ । असार १ गते ल्याएको बजेटमाथि हालसम्म पनि छलफल हुन सकेको छैन । बजेटमाथि छलफलका लागि सोमबार बोलाइएको प्रदेश सभा बैठक पनि मंगलबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बैठकमा प्रतिपक्षी दलका सांसद अनुपस्थित भएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरिएको घोषणा गरे ।
सबै पढ्नुहोस