विवाह बन्धनमा बाँधिदै कट्रिना कैफ
मङ्सिर २३, २०७८भारतीय अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदै छिन्। बलिउड अभिनेता विक्की कौशलसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनीहरुले माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा ‘रोयल’ शैलीमा लगनगाँठो कस्न लागेको छन् । भारतीय समयअनुसार आज दिउँसो ३ देखि ३:४५ को समयमा उनीहरुको विवाहको कार्यक्रम रहेको छ । विवाहमा क्याट्रिनाले सब्यसाचीको डिजाइनर लेहेंगा लगाउने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
सबै पढ्नुहोस