पतिको हत्या आरोपमा पत्नी पक्राउ
असोज ५, २०७८जनकपुरधाम- करिब दुई हप्ता अगाडी भारतको जयनगरमा सिरहाका एक नेपालीको हत्या उनको पत्नीकै योजनामा भएको रहस्य खुलेको छ । भारत बिहारको मधुवनी जिल्ला अन्तर्गत जयनगर पुर्याई सिरहा गोलबजारका ३९ वर्षीय दुखरण महराको हत्या उनकै पत्नीको योजनामा भएको देखिएपछि पत्नी हरिहर देवीलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । भारतको जयनगरस्थित वरही गाउँको नहरमा सिरहा गोलबजारका महराको भदौ १८ मा घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
सबै पढ्नुहोस